मिसन डेभलपमेन्ट बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १५.०८ प्रतिशतले वृद्धि

 Mission Development Bank
काठमाडौं - मिसन डेभलपमेन्ट बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस त्रैमासमा १५.०८ प्रतिशतले वृद्धि गरी ६ करोड ४६ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यता बैंकले खुद ब्याज आम्दानी २३.२४ प्रतिशतले बढाएर १५ करोड ८२ लाख ७९ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि १५.०८ प्रतिशतले वृद्धि गरी १० करोड १५ लाख ८० हजार रुपैयाँ पुर्याएको छ ।

बैंकले ४ अर्ब ८८ करोड ६९ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३४ करोड ४४ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी ५७ करोड ६४ लाख १ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा १२ करोड ७ लाख १३ हजार रुपैयाँ रहेको छ । 

प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्