शाखा विस्तारमा अघि बढ्दै प्रभु बैंक लिमिटेड, गोरखा जिल्लाको पालुङटार नगरपालिकामा पुग्यो शाखा

 Prabhu Bank
  • बैंकिङ संसार 
काठमाडौं - प्रभु बैंकले नयाँ शाखा पालुङटार सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५मा ‘पालुङटार शाखा कार्यालय’ को उद्घाटन गरेको हो । पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न प्रभु बैंक सफल भएको छ ।

पालुङ्गटारमा प्रभु बैंक सञ्चालनमा आएको पछि त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्