मेगा रेमिट र अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा !

 Mega Bank
काठमाडौं - मेगा बैंकले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट ’ सेवा सुरु गरेको छ । बैंकले अष्ट्रेलियाको अजीज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा अष्ट्रेलियाबाट ‘मेगा रेमिट’ सेवा सुरु गरेको हो ।

सेवा प्रारम्भ भएपछि अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिनेछ । मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमिट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।

नेपालीहरुको बाहुल्यता रहेको अष्ट्रेलियामा यस सेवाले गैर आवासीय नेपाली र विद्यार्थीहरुलाई निकै सहजता मिल्नुका साथै कानुनी र आधिकारिक माध्यमबाट नेपालमा रकम सकिने छ ।

प्रतिकृया दिनुहोस्