सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा पुन: राजेश कुमार श्रेष्ठ नियुक्त

 century commercial bank
  • बैंकिङ संसार 
काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंकले अध्यक्षमा पुन: राजेश कुमार श्रेष्ठ नियुक्त गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको २८५औं बैठकमा सञ्चालक राजेश कुमार श्रेष्ठलाई पुन: बैंकको अध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठ गत ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका छन् ।

साधारणसभाले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको २५ बराबरको बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।

प्रतिकृया दिनुहोस्