सूर्यविनायकमा गरिमा विकास बैंकको नयाँ शाखा विस्तार, ७६ ठाउँमा पुग्यो शाखा सञ्जाल

 garima bikash bank
  • बैंकिङ संसार डटकम 
काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडले सोमबार सूर्यविनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्