५०.२८ प्रतिशतले नाफा बढाएको सहारा विकास बैंकको जगेडा कोषमा ५ करोडमाथि, अन्य सुचकको अवस्था कस्तो ?

 sahara bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - सहारा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५०.२८ प्रतिशतले वृद्धि गरी २ करोड ६ लाख ७५ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्ष १ करोड ३७ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

यता खुद ब्याज आम्दानी पनि १५.३७ प्रतिशतले बढाएर २ करोड ९१ लाख २५ हजार रुपैयाँ पुर्याएको छ भने बैंकले सञ्चालन नाफा पनि २ करोड ६ हजार रुपैयाँँ पुर्याउन सफल भएको छ । हालसम्म बैंकले ६२ करोड २२ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी ६४ करोड ४१ लाख ७१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

बैंकको चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार रुपैयाँ छ । जगेडा कोषमा ५ करोड ३७ लाख ५८ हजार रुपैयाँ जम्मा गरेको छ । 

प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्