सनराइज बैंक र डलर स्मार्ट ग्लोबलबीच सम्झौता, अब अष्ट्रेलिया र हङकङबाट 'डलर स्मार्ट' मार्फत रकम पठाउन सकिने

 Sunrise Bank
काठमाडौं - सनराइज बैंक र डलर स्मार्ट ग्लोबलबिच विप्रेषण सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापछि अनलाइन रेमिट्यान्स प्रणालीबाट अष्ट्रेलिया र हङकङमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने आशा बैंकले गरेको छ ।

डलर स्मार्ट मार्फत पैसा पठाउँदा कुनै पनि सेवा शुल्क नलाग्ने साथै उच्च विनिमय दरमा रकम पठाउन सकिने जनाइएको छ । हाल यो सुविधा अष्ट्रेलिया र हङकङमा मात्र रहेको र आउने दिनहरुमा शाखा बिस्तार सहित अन्य मुलुकहरुमा समेत सेवा बिस्तार गरिने डलर स्मार्टले जनाएको छ ।

साथै बैंक खाताको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकको खाताहरुमा समेत एकैदिनमा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ ।

डलर स्मार्टको सेवा लिन सेवाग्राहकहरुले डलर स्मार्टको वेभसाइटमा गइ दर्ता प्रक्रिया पुरा गर्नु पर्नेछ । यसरी पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका १ सय ४ वटै शाखा तथा बैंकका देशभरी छरिएर रहेका एजेन्ट सञ्जाल मार्फत सजिलै नगद प्राप्त गर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्