एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो त्रैमास: खुद नाफा २.९६ प्रतिशतले वृद्धि गरी कमायो ११ करोड ४४ लाख !

 excel development bank
  • बैंकिङ संसार
काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले खुद नाफा गत वर्षको तुलनामा २.९६ प्रतिशतले वृद्धि गरी ११ करोड ४४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको गरेको छ । बैंकले गत वर्षको तेस्रो त्रैमासमा ११ करोड ११ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार आएको छ । बैंककोे खुद ब्याज आम्दानी १५.७६ प्रतिशतले बढाएर ३ करोड ४८ लाख ५४ हजारबाट बढाएर २७ करोड १८ लाख ८५ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफामा पनि ६.५९ प्रतिशतले बढाएर १५ करोड २३ लाख ८३ हजारबाट बढाएर १६ करोड २४ लाख ३७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ ।

यस्तै बैंकले ६ अर्ब ४६ करोड ५६ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९८ करोड ६६ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा २५ करोड ९८ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ । 

प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्