ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा शुरु, यस्ता छन् पेस हुने प्रमुख प्रस्तावहरु !

 Green development Bank
  • बैंकिङ संसार 
काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा शुरु भएको छ । सभा होटेल पिस प्यालेस, हरिशंकर रोड बाग्लुङमा बिहान ११ बजे सुरु भएको छ । बैंकले कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेन्डासहित साधारण सभा बोलाएको हो । बैंकले तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । 

साधारण सभाका लागि बैंकले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

यस्तै, सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति लगायत प्रस्तावमा छलफल हुनेछ । 

अहिले बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्