नेशनल बैंकिङ ईन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच सम्झौता, वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य

 Kamana Sewa Bikash Bank
  • बैंकिङ संसार 
काठमाडौं - नेशनल बैंकिङ ईन्स्टिच्यूट र कामना सेवा विकास बैंक बीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ । नेशनल बैंकिग ईन्स्टिच्यूट र कामना सेवा विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता भएको हो । सम्झौतामा एनबिआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रविन बस्नेतले हस्ताक्षर गरे ।

सम्झौता पछि एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे कामना सेवा विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाइल एपको संरचनाबारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।

साथै बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ ।

यसरी दुई संस्थाहरु एउटै महान् उद्देश्यको लागि साझेदारी गरि अघि बढ्नाले बचत गर्ने र व्यवसाय सन्चालनबारे जागरुक्ता ल्याउन थप उर्जा मिल्ने छ । वित्तीय साक्षरताको सबै आवश्यक सामाग्री सबै माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।

प्रतिकृया दिनुहोस्