ग्लोबल आइएमई बैंकद्धारा बारा र पर्साका हावाहुरी प्रभावित ५० घरपरिवारलाई राहत वितरण

 Global Ime Bank
काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्साका हावाहुरीबाट प्रभावित जनसमुदाय लाई सहयोगार्थ राहत सामाग्री वितरण गरेको छ ।

बैंकले बारा जिल्लाका ५० घरपरिवार लाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको हो ।

हावाहुरी र असिना पानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस् भन्ने उद्धेश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएको हो ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

प्रतिकृया दिनुहोस्