‘७औं सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्दै सिटिजन्स बैंक, १५० जना खेलाडीहरूको सहभागिता हुने

 Citizens Bank
  • बैकिङ संसार 
काठमाडौं - सिटिजन्स बैंकले सिटिजन्स ‘७औं सिटिजन्स बैंक ओपन टेनिस टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ। १२ वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गरेको अवसरमा उक्त टुर्नामेन्ट’ आयोजना गर्ने भएको हो । बैंकले काठमाडौँ जिल्ला लन टेनिस संघको सहकार्यमा बैशाख १६ गते देखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लब मा उक्त खेल संचालन गर्न लागेको हो ।

टुर्नामेन्टमा करिव १ सय ५० जना खेलाडीहरूको सहभागिता हुने अपेक्षा लिएको काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष मनोहर दास मुलले जानकारी दिए । विभिन्न सात विधामा संचालन हुने खेलको विजेताहरुलाई कुल ५लाख १३ हजार ५ सय बराबरको पुरस्कार वितरण हुनेछ ।

हालसम्म बैंकले मुलुकभर ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ

प्रतिकृया दिनुहोस्