मातातीर्थ औंशीको अवसर पारेर मेगा बैंकले ल्यायो विशेष अफर

 Mega Bank
  • बैंकिङ संसार
काठमाडौं - मेगा बैंकले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा बैंकले केन्द्रीय कार्यालय रहेको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो ।

फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको हो ।

यो अफर बैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहनेछ । साताब्यापी अफरबाट लाभ लिन बैंकले ग्राहकवर्गलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्