सनराइज बैंकका सबै शाखाबाट नेशनल लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवा खरिद गर्न सकिने
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEidx95qJGEvHgnh5sd8ili8ZF7e2Xx6neWRGowyBRceDyjlsTs7OmnZz6vbpJVGeEKFRqIYISVVflBGzAzOSA7pRQS8_LlSRmSzQhTC2TfsVfsCvz1pjd7sTHxf5uvrNcpKmr1rg-JUGbch/s640/2.jpg)
काठमाडौं - सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी(एनएलआईसी) लिमिटेड बीच सेवा आदानप्रदान सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनएलआईसीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार सनराइज बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट एनएलआईसीको जीवन बीमा योजनाहरु बिक्री गर्ने भएको छ । हाल बैंकको १०४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।