काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले चैत २७ मा बोलायो एजिएम, मर्जर हुने विशेष प्रस्ताव
![Kabeli Bikash Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhkq5T286TBXLGZfipEBHhxC1HPHhUHZArmN_pcdYk0aBIztFQ8rPSn2IZoOr0xPQaIjVvvfKUJi7YQpZjHEhs1N9HxjGJR_J8Yn6RLXDxVDViH8_txnea2XsjJq9pLDdUzn8GL2hhX70OO/s640/marge.jpg)
काठमाडौं - काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले चैत २७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएका छन् । एक आपसमा मर्जर हुने विशेष प्रस्ताव पारित गर्ने उद्देश्यले दुवैले सभा बोलाएका हुन् ।
काबेली विकास बैंकको साधारण सभा होटल चिप एन्ड बेष्टको सभाहल, धनकुटामा र सप्तकोशीको उद्योग संगठन मोरङ, विराटनगरमा बस्नेछ ।
यी दुबै बैंक मर्जरमा जाने सम्झौतापश्चात माघ ६ गतेदेखि यी दुवै बैंकको सेयर कारोबार रोक्का रहेको छ । अब एकीकृत कारोबार सुरु भएपछि मात्र सेयर कारोबार सुरु हुनेछ । माघ ६ गतेभन्दा अघि कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
काबेलीले लगानीकर्तालाई हालै ३५ प्रतिशत बोनस दिएर चुक्ता पुँजी २८ करोड ४२ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ भने सप्तकोशीले पनि पुस २८ मै साधारण सभा गरी ३ प्रतिशत बोनस र ५.०३६ प्रतिशत नगद प्रस्ताव पारित गरेको थियो । बोनसपछि सप्तकोशीको पुँजी ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।