नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ८६ लाख रुपैयाँको 'ट्रेजरी बिल' बिक्री गर्ने, सोमबार हुँदैछ बोलकबोल...!

 Nepal Rastra Bank
  • बैंकिङ संसार  
काठमाडौँ - नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि एक अर्ब रुपैयाँको, १८२ दिनका लागि १ अर्ब ८९ करोड ८६ लाख ८० हजार रुपैयाँको र ३६४ दिनको लागि ६ अर्ब रुपैयाँको बिल बिकूी गर्न लागेको हो ।

बैंकका अनुसार ९१ दिनका लागि जारी गरेको ट्रेजरीबिल २०७६ असार २४ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनका लागि जारी गरेको बिल २०७६ असोज २१ गते परिपक्व हुनेछ । ३६४ दिनको लागि जारी हुन लागेको बिल २०७६ चैत २५ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले ट्रेजरी बिल खरिदका लागि सोमबार दिउसो ३ बजे सम्म आवेदन दिन सकिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्