नबिल बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने : ७ वर्ष अवधि, १०% ब्याजदर
![Nabil Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmlWla-KlVJxsGIifpj7OX3e_1t-dzAibbnqds_NqeiuaTCvNQ83X8V-RTBBKUlmws4yhOpGkoaRaUc3rw0aBiC1mjBs9LOy5XGY20zZU5JmNGnLCwsIIZkyi4ceo9vcSSqlQHv3dxs_Nf/s640/naabil.jpg)
काठमाडौं - नबिल बैंक लिमिटेडले २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने भएको छ । यस सम्बन्धमा बैंक र क्यापिटलबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो ।
यसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी ६० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्तालाई व्यक्तिगत पहलबाट बिक्री गरिने नबिल बैंकले जनाएको छ ।
सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लक्ष्मी क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् ।
बैंकले ७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक १० प्रतिशत दरले ब्याज पाइनेछ । ब्याज अर्ध वार्षिक रुपमा भुक्तानी हुनेछ ।
उक्त ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई तोकिएको छ ।