सरकारी जग्गा भन्ने जान्दाजान्दै अरवौँ ऋण, एनआइसी एशियालगायतका बैंकको ३० अर्ब ऋण जोखिममा !

 NIC ASIA BANK
  • बैंकिङ संसार 
काठमाडौँ । व्यक्तिका नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा विभिन्न बैंकले धितोमा राखेको खुलासा भएको छ । तर यसको पोल खुलेसँगै सम्पूर्ण जग्गा सरकारले रोक्का गरेपछि बैंकको अरवौं लगानी संकटमा परेको देखिएको छ । 

बैंकिङ संसार डटकमलाई प्राप्त खबर अनुसार डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख खोजिरहेको छ । पछिल्लो अपडेट अनुसार अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३३४ र सरकारसँग रहेको ८३ कित्ता जग्गा भेटिएको छ । 

यता यस प्रकरणमा मै हुँ भन्ने बैंकहरु पनि जोडिएका छन् । सरकारी भन्ने जान्दाजान्दै एनआइसी एशिया बैंक लगायतका बैंकले कर्जा प्रवाह गरेको स्रोतको दावी छ । एनआइसी एशिया बैंकसघित  इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, र एसबिआई बैंकबाट अरवौंको रकम ऋण मार्फत निकालिएको स्रोतको दावी छ  । यता सरकारी जग्गा धरौटी राखेर व्यक्तिले पैसा लिएको विषयमा नेपाल राष्ट्र बैंक बेखबर छ ।

प्रतिकृया दिनुहोस्