सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्साका हावाहुरी पीडितलाई राष्ट्रिय बाणिज्य बैंकले गर्यो ७५ लाख सहयोग !

Rastriya Banijya Bank
  • बैंकिङ संसार 
काठमाडौँ - राष्ट्रिय बाणिज्य बैंकले बारा र पर्साका हावाहुरी पीडितको लागि ७५ लाखको चेक हस्तान्तरण गरेको छ । चैत १७ गते बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा हावाहुरीको कारण धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै सहयोग हस्तान्तरण गरेको हो ।

पीडित परिवारहरुलाई राहत पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा पचहत्तर लाख रुपैयाँको चेक आज एक समारोहका बिच संचालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द«मान गुरुङबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवारमा सम्पन्न उक्त कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको उपस्थिति रहेको थियो ।

त्यसैगरी प्रधामन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड संचालक समितिका सदस्य, अर्थ मन्त्रालयका सहसचिव निर्मलहरी अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत टेकराज जोशी, विभागीय प्रमुख राज्यलक्ष्मी खड्गी लगायत बैंकका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्