सप्तकोशी डेभलपमेन्ट बैंकको खुद नाफा ९.०५ प्रतिशतले गिरावट, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानी कति ?

 Saptakoshi development bank
  • बैंकिङ संसार डटकम 
काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासमा २ करोड २६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो नाफा गत वर्ष सोही अवधिको भन्दा ९.०५ प्रतिशतले घटेको छ । गत वर्ष बैंकले २ करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै बैंकको खुद ब्याज आम्दानी भने २७.१९ प्रतिशतले वृद्धि गरी ९ करोड १ लाख ११ हजार रुपैयाँ पुर्याएको छ । बैंकको सञ्चालन नाफामा भने ६०.३७ प्रतिशतले घटेर ७० लाख २० हजार रुपैयाँमा कायम भएको छ । बैंकले १ अर्ब ६१ करोड १५ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६५ करोड २७ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह ग लगानी गरेको छ। 

बैंकको चुक्ता पुँजी ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ छ । जगेडा कोषमा ४ करोड ६ लाख ८ हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्ष बैंकले ४ करोड ६४ लाख ६८ हजार रुपैयाँ जगेडा कोषमा राखेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७५ पैसा छ ।

प्रतिकृया दिनुहोस्