नेपाल बैंक लिमिटेडको साधारण सभा वैशाख २२ गते हुने, कहिले हुँदैछ बुक क्लोज ?

 Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं - नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा वैशाख २२ गते हुने भएको छ । बैंकको सभा नेपाल ए.पी.एफ. क्लब, हलचोक काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । । साधारण सभा गर्नको लागि बैंकको वैशाख ९ गते बुक क्लोज हुनेछ । त्यसैले वैशाख ८ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

बैंकले सभामा २०७५ असार मसान्तसम्मको लेखापरीक्षण विवरण पेश गर्नुका साथै आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, नगद प्रभाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमा छलफल गरी अनुमोदन गर्ने एजेन्डा पेस गर्ने भएको छ । साधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । 

बैंकले यस पटक सेयरधनीलाई लाभांश रितो हात पठाउने भएको छ ।

प्रतिकृया दिनुहोस्