देवः विकास बैंकले ५.५% बोनस सेयर दिँदै

काठमाडौं -देवः विकास बैंकले ५.५% बोनस सेयर दिने घोषणा गरेको छ ।  बैंकको बिहीबार बसेको सञ्चालक समिति २७२औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट ५.५% बोनस सेयर दिने निर्णय गरेको हो । 

हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८.३२ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी २ अर्ब ६७ करोड ३० लाख ३२ हजार ७६७.४७ रुपैयाँ पुग्नेछ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिकृया दिनुहोस्