गण्डकी विकास बैंकले गर्यो विअपि बालशिक्षा केन्द्रलाई सहयोग

 gandaki bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ - गण्डकी विकास बैंकले शिक्षा केन्द्रलाई सहयोग गरेको छ । चितवनको भरतपुर म.न.पा वडा नं. २६ ज्योतिनगर स्थीत विअपि बालशिक्षा केन्द्रमा अध्ययनरत विअपि अर्थात विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी १ सय थान कपी तथा १ सय थान लुगा धुने साबुन सहयोग गरेको हो ।

सहयोग बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र चनौली शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद मैनालीले उक्त सहयोग हस्तान्तरण गरे । कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरीराज अधिकारीले संस्थामा हाल ३५ जना विअपि बालबालिकाहरु अध्ययनरत रहेको जानकारी दिँदै उक्त सहयोगको लागी चनौली शाखा तथा बैंक परिवारलाई धन्यवाद दिईन् ।

बैंकका तर्फबाट सव क्लष्टर प्रमुख सुरज शर्माले सो सहयोग हस्तान्तरण गदै उक्त सहयोगबाट त्यस संस्थामा अध्ययनरत बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको बताए ।

प्रतिकृया दिनुहोस्