System Watch : जनता बैंकभित्रको अर्को काण्ड बाहिरियो, बदमासीको पोल खुलेपछि आधा दर्जन कर्मचारी बिदामा !

 Janata Bank
  • बैंकिङ संसार 
काठमाडौँ - जनता बैंकमा मर्ज भएको तत्कालीन सिद्धार्थ डेभलोपमेन्ट बैंकमा किर्ते गरिएको कागजका आधारमा ऋण प्रवाह गरेको पाइएपछि शंकाको घेरामा रहेका कर्मचारीहरुलाई बिदा बसाइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । तत्कालीन सिद्धार्थमा केहि कर्मचारीको मिलेमतोमा किर्ते गरिएको कागजका आधारमा कर्जा प्रवाह गरिएको हुन सक्ने भन्दै बैंकले उनीहरुमाथि अनुसन्धान बढाएको हो । 

जनता बैंकका कर्मचारीले बैंकिङ संसार डटकमलाई दिएको जानकारी अनुसार तत्कालीन सिद्धार्थमा फर्जी लालपूर्जा उपर कर्जा प्रवाह गरेको भेटिएको हो । मर्ज भएको लामो समयपछि यस्तो कुरा भेटिएको हो । बैंकले मर्जका क्रममा गरेको डीडीएमा समेत यो प्रकरण लुकेको थियो । अनुसन्धानले दिएको निष्कर्षका आधारमा के गर्ने भन्ने छिनोफानो हुने त्यहाँका माथिल्लो तहका कर्मचारीहरुको भनाइ छ । 

यस विषयमा हामीले बैंकका सूचना अधिकारी अजय मिश्रसँग सम्पर्क गर्दा उनको फोन अफ छ ।

प्रतिकृया दिनुहोस्