सिरहाको भगवानपुरमा पुग्यो एनआईसी एशिया बैंकको नयाँ शाखा, बेचनप्रसाद यादवद्धारा उद्घाटन
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg-kGa0OT_2QadkzdhE9oCTSFvtneDIU1dlCLT8Lhhcqup_aPSPcDLLf6w-xLejIRaOYU0aFg5lJq_BUKfhjfibCxDo6CGOw9Kr6Qdxv5oTEWqlrEXTPvGzgvUIhLpdYRv8CuuXNjboEIAF/s640/2.jpg)
काठमाडौँ - एनआईसी एशिया बैंक लि.ले सिरहाको भगवानपुर गाउँपालिका वडा नं १, मा शाखा कार्यालय स्थापना गरी सेवा शुरु गरेको छ ।
गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद यादवले शुक्रबार एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् ।
उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।