सामाजिक उत्तरदायित्व अन्तर्गत प्राइम कमर्सियल बैंकद्धारा काभ्रेको जनबिजय क्याम्पसलाई सहयोग

काठमाडौं - प्राइम कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई सहयोग गरेको छ । बैंकले प्रदेश नं. ३ काभ्रेको रोशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसका बिद्यार्थीहरुलाई अध्ययनमा सुबिधा पुर्याउने हेतुले ६० वटा बेन्च डेक्स सहयोग गरेको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई उक्त डेक्स बेन्च हस्तान्तरण गरे ।

साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरि बैंक तथा बित्त सम्बन्धी अन्तरक्रिया समेत गराए ।

प्रतिकृया दिनुहोस्