उदयपुर र सप्तरीमा कामना सेवा विकास बैंकको शाखा विस्तार, ७७ स्थानमा शाखा सञ्जाल
![Kamana Sewa Bikash Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjK972A94DYQWl4-wz3mplDQ9zG2l4oPMNsPqOgWaA3LbO4NTUP17XmeRli6OXaWcV5VeY6I1uyDHnaZ74Sc0S-ncZoP-QIDz28mF6uMTtk6-jdcnBmKgEz1tmND5rO5_Qu695sBuJZ4_jT/s640/2.jpg)
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले उदयपुर र सप्तरी जिल्लामा शाखा बिस्तार गरेको छ । उदयपुरको त्रियुगा र सप्तरीको राजविराजमा बुधबार ७६औं र ७७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEikrGgRtCKjpPcPthtoXE7_FCoYUb5uoBNUw2DfnZNJf4rRzMq8Hj9l0Wh2Mz0HntO90AK_5fJJ4ToWzUHhlsIIohvisYJAN8K-loo7_1FvRaK8xneCCv6gvMOj0A_eFm-OMtoqfVULgq36/s640/2.jpg)
बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखा बिस्तारलाई निरन्तरता दिने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा जानकारी दिएका थिए ।