रत्न राज बज्राचार्यले एक महिनामा सनराइज बैंक छोड्ने, अमेरिकाबाट फर्केर लक्ष्मण रिसाल सीइओ बन्ने तयारी !

 Sunrise bank
  • बैंकिङ संसार सम्बाददाता 
सनराइज बैंकले नयाँ सिइओ पाउने भएको छ । अहिलेका सीइओ रत्न राज बज्राचार्यले सनराइज बैंक छोड्ने भएपछी केहि समय अगाडी एनआइसी एशिया बैंक छोडेर अमेरिका पलायन भएका लक्ष्मण रिसाल सनराइज बैंकको नयाँ सीइओ हुने भएका छन् । बज्राचार्यको कार्यकाल सकिएपछि बैंक छोड्ने भएपछी संचालक समितिले रिसाललाई सीइओ बनाउन लागेको हो । 

मे, २०१५ देखि सनराइज बैंकको सीइओको कमान सम्हालेका बज्राचार्य अव बैंकिङ क्षेत्र बाट नै बाहिरिने बुझिएको छ । उनी चार्टड एकाउन्टेन्ट हुन् । बैंक छोडेपछि उनी आफ्नै पूरानो सिए फर्म चलाएर बस्ने बुझिएको छ । उनी लामो समय नेपाल राष्ट्र बैंकमा समेत काम गरेका बैंकर हुन् । यता लक्ष्मण रिसाल भने सामान्य ब्याज प्रकरण समेत मिलाउन नसकेर एनआइसी एशिया छोडेका र बिगतमा विभिन्न काण्डमा विवादित भएका बैंकर हुन् ।

प्रतिकृया दिनुहोस्