सिराहामा एकैदिन कामना सेवाका दुई शाखा सञ्चालनमा, कुल शाखा संख्या ७२ पुग्यो

काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. २ अन्तरगत सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा बुधबार ७१औँ र ७२ औँ शाखा कार्यालय स्थापना गरेको छ ।

बैंकका संचालक भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. २ मा पाँच शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।

प्रतिकृया दिनुहोस्