माछापुच्छ्रे बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

काठमाडौं - माछापुच्छ्रे बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र बैंकको तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

सम्झौता पछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

हालसम्म आइएमई लाइफ इन्स्योरेन्सले ६७ भन्दा बढी शाखामार्फत सेवाप्रदानगर्दै आइरहेको छ । साथै, १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ ।

प्रतिकृया दिनुहोस्