सनराइज बैंकको नगद फिर्ता योजना, ‘५ सयदेखि १ हजारसम्म क्यास ब्याक’

काठमाडौँ - सनराइज बैंकले भिसासँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेविट तथा क्रेडिट कार्डको कारोबार मा ५ सयदेखि १ हजार रुपैयाँसम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागु गरेको छ ।

यस योजना अन्र्तगत बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस वा अनलाइन मार्फत कारोबार गरेमा ५ सयदेखि १ हजारसम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिने जनाएको छ ।

५ हजारदेखि १० हजारसम्मको पीओएस वा अनलाइनमा भएको कारोबारमा ५ सय क्यास ब्याक दिइने छ । साथै १० हजारदेखि १५ हजारसम्मको कारोबारमा ७ सय ५० रुपैयाँ क्यास ब्याक र १५ हजार भन्दा माथिको कारोबारमा १ हजार क्यास ब्याक दिइने बैंकले जनाएको छ ।





प्रतिकृया दिनुहोस्