सिद्धार्थ बैंकका सबै शाखाबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सका बीमा पोलिसी खरिद गर्न सकिने

काठमाडौं - सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि सिद्धार्थ बैंकले देशभर रहेका आफ्ना १ सय ४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै आएको छ । इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्