सनराइज बैंक र भारतका दुई हस्पिटलबीच सम्झौता, ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने

काठमाडौं - सनराइज बैंक र भारतको BLK Super Speciality को साथै Nanavati Super Speciality  हस्पिटल विच सम्झौता भएको छ । उक्त सम्झौतामा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलहरुका तर्फबाट प्रमुख बिक्री तथा बजार प्रबन्धक सुनिल कपूरले मंगलबार हस्ताक्षर गरेका छन् ।सम्झौता सँगै सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड वाहक ग्राहकहरुले भारतको यी दुई हस्पिटलले प्रदान गर्ने सेवा तथा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

भारत स्थित दुई प्रतिष्ठित हस्पिटलहरु BLK Super Speciality  Nanavati Super Speciality ले विभिन्न देशका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएका छन् । सम्झौतामा सन्राइज बैंकका सम्पुर्ण डेबिट तथा क्रेडिटकार्ड वाहकले साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा ५० प्रतिशत सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा विशेष छुट पाउने उल्लेख छ । बैंकको यो योजनाले सम्पुर्ण डेबिट तथा क्रेडिट कार्ड वाहक लाभान्वित आश बैंकले लिएको विज्ञप्तिमा उल्लेख छ । भविष्यमा पनि सेवाग्राहीलाई थप सेवा सुविधा दिने बैंक प्रतिबद्घ रहेको बताएको छ ।

प्रतिकृया दिनुहोस्