कामना सेवा विकास बैंकको नयाँ शाखा झापाको बिर्तामोडमा, कुल शाखा संख्या ७० पुग्यो

काठमाडौं - कामना सेवा विकास बैंकले झापा जिल्ला, बिर्तामोड नगरपालिकाको वडा नं ०४,भद्रपुर रोडमा आफ्नो ७०औं शाखा कार्याल विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को तेस्रो शाखा भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा अउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी दिए । यस बैंकले पछिल्लो समय व्यवसायका दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्टहरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिए ।

हाल सम्म बैंकले मुलुकभर ६९ वटा शाखा कार्यालय तथा २४ वटा एटिएम मार्फत आफना गा्रहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्