एलआइसी नेपालको १२% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को १२ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आइतबार (फागुन १९ गते) अन्तिम दिन हो । कम्पनीले साधारण सभाका लागि फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज हुने जानकारी गराएको छ । त्यसैले बोनस सुरक्षित गर्न आइतबार नै सेयरधनी बनिसक्नुपर्छ ।

कम्पनीले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्तावसहित चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ०.६६ प्रतिशत नगद लाभांश दिने एजेन्डा पनि छ ।

साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे सुरु हुँनेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि लगिनेछ । यसैगरी, प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४/७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पेश हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ छ । १२ प्रतिशत बोनस सयेर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।

प्रतिकृया दिनुहोस्