नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति !

 nepal investment bank
काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटडले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउँनेछन् भने बाँकी १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

उक्त ऋणपत्रमा बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज दिनेछ । बैंकले ‘१०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 

ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई तोकिएको छ ।

प्रतिकृया दिनुहोस्