सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा दोलखामा, कुल शाखा ६२ पुग्यो

काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६२ औं शाखा दोलखा उद्घाटन गरेको छ । कम्पाीकोख दोलखाको चरिकोट शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेश सभाका सांसद पशुपति चौलागाईंले संयुक्त रुपमा गरेका छन् ।

दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धी जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका सो शाखा विस्तार गरिएको हो । २०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्समा नेपालभर ६२ वटा कार्यालय र २०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । नेपालीहरुको आवश्यकता र जोखिमलाई न्युनिकरणको निमित्त जीवन बीमा योजना ल्याउन तयार भएको छ ।

कम्पनीले आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा २४५ करोडको लगानी रहेको छ ।

प्रतिकृया दिनुहोस्