सनराइज बैंकले खोल्यो ललितपुरको ठेंचोमा शाखा, १ सय ४ स्थानमा शाखा सञ्जाल

 Sunrise Bank
काठमाडौं - सनराइज बैंक लिमिटेडले ललितपुरस्थित ठेंचोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । औपचारिक कार्यक्रमका साथ गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा संचालक समितिका सदस्यहरु ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरू उपस्थिति रहेको थियो ।

बैंकको शाखा संख्या १०४ वटा पुगेको छ भने २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्