ज्योति विकास बैंक र हाम्रो विकास बैंकले चैत १५ देखि एकीकृत कारोबार शुरु गर्दै

काठमाडौं - ज्योति विकास बैंक लिमिटेडले हाम्रो विकास बैंक लिमिटेडलाई एक्वायर गरी चैत्र १५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । ज्योति विकास बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुने भएको हो ।

गत असार ३१ गते दुवै बैंकबीच एक्विजिसनमा जाने सम्झौता भएको थियो । ज्योतिले १ः१ सेयर स्वाप रेसियोमा हाम्रोलाई एक्वायर गरेको हो । नेपाल राष्ट्र बैंकले पुस १२ गते एक्विजिसनका लागि अन्तिम स्वीकृति दिएको थियो । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २७ गते एकीकृत कारोबार गर्न अनुमति दिएको बैंकले जनाएको छ ।

दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ज्योति विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको छ भने हाम्रो विकास बैंकको चुक्ता पुँजी ५० करोड ४० लाख ५३ हजार रुपैयाँ रहेको छ । एक्विजिसनपछि ज्योतिको चुक्ता पुँजी ३ अर्ब ९ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्