पूर्णिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्दै


काठमाडौं - रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंक एक आपसमा गाभिने भएका छन् । बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीच मर्ज गर्ने विषयमा आइतबार बुटवलमा एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

सहमतिपत्रमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैँकका अध्यक्ष सुरज उप्रेतिले हस्ताक्षर गरेका छन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० जिल्ला कार्यक्षेत्र भएको बैंक हो भने पूर्णीमा विकास बैंक तिन जिल्ला कार्यक्षेत्र भएको बैंक हो । दुई बैंक मर्ज भएपछि राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको छ । मर्जर पश्चात ‘शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंक लिमिटेड’ नाम रहने सहमती समेत भएको छ ।

हाल शाइन रेसुङ्गाको १ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी छ भने पूर्णिमा विकास बैंकको ५५ करोड १२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ४० शाखा छन् भने पूर्णिमा विकास बैंकका १२ वटा शाखा कार्यालयबाट ग्राहक वर्गमा सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्