सिद्धार्थ बैंकको २१ लाख ६२ हजार ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

बैंकले गत मंसिरमा बिक्री गरेको ‘१०.५ प्रतिशत सिद्धार्थ डिबेन्चर–२०८२’ नेप्सेमा सूचीकृत गराएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री खुला थियो ।

यसमध्ये ४ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि र २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) बिक्री खुला गरेको छ । १०.५ प्रतिशत ब्याजदर हुने यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । 

प्रतिकृया दिनुहोस्