मितेरी डेभलपमेन्ट बैंकको एजिएम चैत ९ मा, १७% बोनससहित यस्ता छन् पेस हुने प्रस्तावहरु

काठमाडौं - मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा चैत ९ गते हुने भएको छ । साधारण सभाका लागि बैंकले फागुन १५ देखि चैत ९ गतेसम्म बुक क्लोज गरेको छ । फागुन १४ गते सम्म कायम सेयरधनीले मात्र यो लाभांश पाउनेछन् ।

सभामा बैंकले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट उक्त बोनस दिन लागेको हो । बैंकले बोनस वितरणमा ८ करोड ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

यस्तै बोनसमा लाग्ने कर तिर्न बैंकले ४४ लाख ७३ हजार ६८४ रुपैयाँ २१ पैसा बराबरको नगद लाभांश पनि वितरण गर्नेछ ।

प्रतिकृया दिनुहोस्