४२ स्थानीय तहमा अझै पुगेनन् बैंकका शाखा कार्यालय

काठमाडौँ - ७ सय ५३ स्थानीय तहमध्ये अझै ४२ स्थानीय तहमा बैंकका शाखा विस्तार भएका छैनन् । चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७ सय ११ तहमा मात्रै बैंकका शाखा पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गरेको छ । सरकारले स्थानीय तहमा बैंकका शाखा पु¥याई वित्तीय पहुँच पुर्याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ ।

राष्ट्र बैंकको विवरणअनुसार प्रदेश नं १ मा कूल १३७ स्थानीय तहमध्ये गत माघ मसान्तसम्म मात्रै १२९ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् । यस प्रदेशमा अझै ८ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन्। 

१३६ स्थानीय तह रहेको प्रदेश नं मा १३३ तहमा बैंकका शाखा खुलेका छन् । उक्त प्रदेशमा ३ वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छन् । प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११४ वटा शाखा खुलेका छन् । सो प्रदेशमा अझै ५  वटा स्थानीय तह बैंक बिहिन छन् । 

८५ स्थानीय तह रहेको गण्डकी प्रदेशमा हालसम्म ८२ वटा तहमा मात्र बैंकका शाखा विस्तार भएका छन् भने उक्त प्रदेशमा अझै ३ स्थानिय तह बैंक विहिन छन् । यस्तै प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये १०७ तहमा बैंकका शाखा खुलेका छन् । यस प्रदेशका २ तहमा बैंकका शाखा पुगेका छैनन् । 

कर्णाली प्रदेश अर्थात प्रदेश नं. ६ का ७९ स्थानीय तहमध्ये ६४ वटामा बैंकका शाखा पुगेका छन् । सो प्रदेशका १५ स्थानीय तह बैंक विहिन छन् । सुदूरपश्चिम प्रदेशको ८८ स्थानीय तहमध्ये ८२ वटामा बैंकका शाखा खुलेका छन् । अझै ६ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा मानिसहरु बैंकिङ पहुँच भित्र आउन सकेका छैनन् । 




प्रतिकृया दिनुहोस्