ग्रान्डि इन्टरनेशनल हस्पिटल र कामना सेवा विकास बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौं - कामना सेवा विकास बैंक र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच विशेष छुट पाउने गरि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभलपमेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरे छन्।

सम्झौता पछि बैंकका प्रिपेड तथा डेबिट कार्ड लिएका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।

हालसम्म बैंकले ७३ वटा शाखा तथा २९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्