एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा, प्रदेश २ मा कुल शाखा संख्या ४३ पुग्यो
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgmLD6EFZc0CJb6mR4OAWMiC2dHC8h_RuhQwYLGUy7seTIDqBvPpYsZ2L57444V3MU09E7kMwD4Cc3n364s1mpRcbKWXurAOE4jDXllHb5uNKXcpRMt-tSIr4Mp6ktPP5YWxp6LnkGOvH2V/s640/2.jpg)
काठमाडौं - एनआईसी एशिया बैंकले सिरहाको गोलबजार शाखाको औपचारीक शुभारम्भ गरेको छ । बैंकको सिरहाको गोलबजार नगरपालिका वडा नं ४ मा रहेको गोलबजार शाखाको उद्घाटन एक समारोहका विच गोलबजार नगरपालिकाका मेयर देवनाथ शाहले गरे । शाखाको समुद्घाटन समारोहमा बोल्दै नगर प्रमुख शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको भन्दै बैंकको प्रशंसा गरे । पुर्वाधारको हिसाबले अगाडी रहेका भएपनि वित्तीय पहुँचमा कमजोर रहेको २ नंम्बर प्रदेशमा बैंकले शाखा विस्तारलाई प्राथमीकतामा राखेको देखिन्छ । बैंकको २ नम्बर प्रदेशमा मात्र ४३ शाखा रहेको छ ।
बैंकले मुलुकभरका २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकबाट करिब १४ लाख ५० हजार ग्राहकहरुले बैंकिङ सेवा लिरहेका छन् । सम्पुर्ण वित्तीय परिसुचक अत्यन्त राम्रो रहेको बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।