घुम्ती बीमामा एनसिस र नेपाल इन्स्योरेन्सबीच सहकार्य, बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्य

काठमाडौं - बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानमा नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र नेपाल इन्स्योरेन्स कम्पनी (एनआईसी)बीच सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच एमओयू भएको हो ।

एमओयूमा एनसिसका तर्फबाट अध्यक्ष लक्ष्मी श्रेष्ठ र एनआईसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरे । उक्त एमओयूमा सम्झौतासँगै नेपाल इन्स्योरेन्स कम्पनी घुम्ती बीमाअन्तर्गत हुने १० कार्यक्रमको सहप्रायोजकको रुपमा जोडिएको छ । कार्यक्रमको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी हो ।

घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ ।

प्रतिकृया दिनुहोस्