एनएमबि बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

काठमाडौं - एनएमबि बैंक लिमिटेडको ३ अर्ब रुपैयाँको ऋणपत्र खुला भएको छ । बैंकको १ हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ‘१०५ एनएमबि डिबेन्चर २०८५’ जारी भएको हो । जसमा ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ६० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ । 

बैंकको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । यस ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ ।

बैंकले यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर दिनेछ । ऋणपत्रको अवधि १० वर्षको हुनेछ । यसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने चैत १४ गतेसम्म भर्न सकिनेछ ।

बैंकले लगानीकर्तालाई गत वर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुगेको छ


प्रतिकृया दिनुहोस्