सल्यानको श्रीनगरमा पनि पुग्यो ग्लोबल आइएमई बैंकको शाखा, प्रकाश ज्वालाले गरे समुद्घाटन

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले सल्यान जिल्लाको श्रीनगरमा नयाँ शाखा स्थापना गरेको छ । सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार औपचारिक रुपमा उद्घाटन गरे ।

उक्त अवसरमा मन्त्री ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधि र बैंकिङ सेवाको पहुँचको लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्नुका साथै यस क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बंैकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले श्रीनगरमा शाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र साथसाथै बैकिङ्ग पहुँच नपुगेको स्थानमा समेत बैकिङ्ग पहुँच पुर्याउने बताए ।

प्रतिकृया दिनुहोस्