सप्तरीको फत्तेपुरमा पनि पुग्यो एनआईसी एशिया बैंकको नयाँ शाखा, २७७ ठाउँमा सञ्जाल

काठमाडौँ - एनआईसी एशिया बैंक लि. ले सप्तरीको सप्तकोशी नगरपालिकामा नयाँ शाखा सञ्चालन गरेको छ । सो फत्तेपुर शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माले फागुन २७ गते एक समारोहबीच उद्घाटन गरे ।

उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरेका थिए । बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्