हिमालयन जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्दै

काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले निर्जिबन बीमा क्षेत्रमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्तिका लागि बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । बीमा व्यवसाय अभिवृद्धि गर्न साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ कम्पनीले निर्जीवन बीमाको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । 

कम्पनीले चैत्र १९ गते देखि २३ गते सम्म अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हुँदा इच्छुक व्यक्ति वा संस्थाका लागि निवेदन दिन आह्वान गरेको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालयमा तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले ३० जनाको लागि तालिम सञ्चालन गर्ने भएको हो । इच्छुक व्यक्ति वा संस्थाले चैत्र १५ गते सम्म कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क गरि सक्नुपर्नेछ ।

निवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको ४ प्रति फोटो पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्